२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

पश्चिम सिस्टममा देश लगिदैछ, फेरी सडकमा पलेटी कस्छुः दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई ठुला दल मिलेर पश्चिम देशमा रहेजस्तै ‘दुई पार्टी सिस्टम’ मा देश लग्न खोजेको आरोप दोहोर्‍याएका छन्।

समानुपातिक पद्धति हटाएर र थ्रेस होल्ड बढाएर देशलाई दुई पार्टी सिस्टममा लग्न खोजेको दाहालले आरोप लगाएका हुन्। ‘थ्रेस होल्ड बढाएर साना पार्टीलाई निस्तेज बनाउने र तथाकथित दुई पार्टी सिस्टम जो पश्चिमा देशमा चलेको छ, नेपाललाई पनि त्यता लैजान खोजिएको छ,’ शनिबार पुष्पलाल स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै दाहालले भने, ‘सशस्त्र जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धी संविधान संशोधनबाट समाप्त पार्न खोजिदैछ।’ 

त्यसविरुद्ध फेरी सडकमा उत्रिनुपरे पनि आफू तयार रहेको उनले बताए। उनले भने,‘फेरि जरुरी पर्छ भने सडकमा पलेटी कसेर भए पनि जनताको साथमा बसेर भए पनि त्यसो हुन दिने छैनौं।’

आफू संविधान संशोधनको विरोधी नरहेको पनि दाहालले बताए। ‘संविधान संशोधनबाट आदिवासी जनजाति, महिला दलित आदि उत्पीडित समुदायको थप अधिकार ग्यारेन्टी हुन्छ भने म तयार नै छु,’ उनले भने।

प्रकाशित: १२ श्रावण २०८१ १६:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App