२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेशमा ट्विस्ट: एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बन्दै

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री बन्ने विषय रोचक बनेको छ।

एमाले संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री बन्ने चर्चा विपरीत एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री हुने भएका छन्।

आइतबार कांग्रेस–एमालेबिच दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने सहमति भए पनि सोमबार बिहान एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन बमोजिम अर्घाखाँचीका आचार्यलाई मुख्यमन्त्रीमा अघि सारिने भएको हो।

अर्घाखाँची निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित आचार्य यसअघी माओवादीका जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री थिए। शंकर पोखरेल नजिक मानिएका आचार्यलाई ओलीको ठाडो निर्देशनमा मुख्यमन्त्री बनाउन लागिएको हो।

नयाँ ट्विस्ट आएसँगै दिउँसो  २ बजे आचार्य लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनकहाँ दाबी पेस गर्न जाने उनको सचिवालयले जनाएको छ।

नेपाली काँग्रेसको समर्थनमा आचार्य लुम्बिनी प्रदेशको छैटौँ मुख्यमन्त्रीका रुपमा दाबी पेश गर्दै छन्। यो प्रदेशमा एमालेका २९ र काँग्रेसका २७ सांसद छन्।

प्रकाशित: ७ श्रावण २०८१ १४:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App