२१ भाद्र २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीलाई एमालेको १० बुँदे सुझाव

नेकपा एमालेले आफ्नै अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई १० बुँदे सुझाव दिएको छ।

एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीसहितको प्रतिनिधिमण्डलले शुक्रबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर प्रधानमन्त्री ओलीलाई सुझाव पत्र बुझाएको हो।

असार २१ केन्द्रीय बसेको पार्टीका २८ वटा केन्द्रीय विभागहरूको बैठकले दिएको सुझावका आधारमा सरकारले आफ्नो कार्यकालमा गर्न सक्ने ठोस कामसहितका १० बुँदा समेटेर सुझाव दिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

सुझावमा सुशासन, विकास निर्माणका कामलाई तीव्रता, रोजगारी सृजना, अर्थतन्त्र चलायमान बनाउँदै उच्च आर्थिक वृद्धिदर गर्ने विषय, सेवा प्रवाहमा सहजता, जटिल प्रशासनिक प्रक्रियालाई सहज बनाउने लगायत विषयलाई समेटिएको ज्ञवालीको भनाई छ।

प्रकाशित: ४ श्रावण २०८१ १६:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App