४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सहकारी र राहदानी प्रकरणमा पनि रविमाथि छानबिन हुनुपर्छ: मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा.मुकुल ढकालले रवि लामिछानेको कब्जाबाट पार्टीलाई छुटाएरै छोड्ने बताएका छन् ।बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले यस्तो कुरा बताएका हुन ।

उनले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट नभई रवि लामिछाने क्लबबाट मात्रै निस्कासन गरिएको जिकिर गर्दै आफू अहिले पनि पार्टीको महामन्त्री नै रहेको बताए।उनले सहकारी प्रकरणमा सभापति रवि लामिछाने माथि सहकारीको रकम ठगी प्रकरणमा अनुसन्धान हुनुपर्ने र त्यसका लागि पार्टीको केन्द्रीय समिति सदस्यहरूले स्वतन्त्र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गरे।

उनले  दुई वटा राहदानीको विषयमा पनि पार्टीले लामिछाने उपर छानबिन समिति बनाउनुपर्ने माग गरे। छानबिन समितिमा स्वतन्त्र व्यक्ति राख्नुपर्ने उनको जिकिर थियो । 

प्रकाशित: २६ असार २०८१ १७:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App