२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

ओलीलाई माओवादी सांसदको प्रश्न :बेचन पक्राउ परेपछि गठबन्धन भत्काउनु भएको हो ?

नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले एमाले–माओवादी केन्द्रको समीकरण भत्किनुका कारणबारे एमाले अध्यक्ष केपी शर्मा ओलीसंग जवाफ माग गरेका छन् ।

मङ्गलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीकै प्रस्तावमा एमाले–माओवादी केन्द्रको समीकरण बनेको भए पनि बिना कारण समीकरण भत्काइएको बताए । उनले समीकरण सुरु गर्नुको उद्देश्य र भत्काउनुको कारणका बारेमा ओलीले प्रस्ट पार्नुपर्ने बताए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको कार्यभार पूरा गरिरहेको अवस्थामा समीकरण तोड्नुको कारण के हो भनी प्रश्न गरे। धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति नगर्नाले वा बेचन झा र प्रतीक थापालाई पक्राउ गर्नाले समीकरण भत्काएको हो भनेर उनले प्रश्न गरे ।चुनावी घोषणापत्रमा संविधान संशोधनको मुद्दा राखेको भए मात्रै संविधान संशोधन गर्न पाउने भन्दै सांसद दाहालले जनतालाई नझुक्याउन चेतावनी दिए ।

सांसद दाहालले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको लागि संविधान संशोधन गर्न सकिने बताए । उनले कांग्रेस र एमालेका बिचमा भएको भनिएको सहमतिलाई बदनियतपूर्ण र प्रतिगामी सहमति भएको टिप्पणी गरे । 

प्रकाशित: २५ असार २०८१ १३:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App