३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

रास्वपाका मन्त्री लक्षित बर्तौलाको प्रश्नः गोजीमा भएको राजीनामा कहाँ पुग्यो ?

नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीको गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनि प्रश्न गरेका छन्।

सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले सरकार बहुमतमा हुँदा गोजीमा राजीनामा बोकेर हिँडेका मन्त्रीहरुले सरकार अल्पमतमा हुँदा पनि राजीनामा नदिएको बताए।

उनले गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनि प्रश्न गरे। दलबाट राजीनामा दिने निर्णय गरिसकेर पनि प्रधानमन्त्रीले कानमा गाउँ खाने कथा सुनाएपछि राजीनामा खुत्रेकामा हालेका टिप्पणी गरे। उनले मन्त्रीहरुलाई आफू पदमा बसुन्जेल कुन–कुन फाइल खोल्नुपर्ने हो खोल्नका लागि चुनौती समेत दिए।

उनले भने, ‘प्रधानमन्त्रीज्यू आजपनि कुर्सिमा आसिन हुनुहुन्छ। केही मन्त्रीज्युहरु हुनुहुन्छ। हिजो सरकार बहुमतमा थियो। सरकार चलिरहेको थियो। केही राजनीतिक पार्टीका मन्त्रीहरु सरकार बहुमतमा भएको बेलामा, सरकार चलिरहेको बेलामा गोजिमा राजीनामा हालेर, बोकेर हिँड्नुहुन्थ्यो। तर सरकार स्पष्ट अल्पमतमा परेको छ, ति साथीहरुको गोजीमा भएको राजीनामा कहाँ पुग्यो? हामीले सुन्यौँ दलबाट निर्णय भयो राजीनामा दिने, सरकारबाट फिर्ता हुने। प्रधानमन्त्रीले कानेखुसीमा गाउँ खाने कथा भनिदिनु भयो। त्यसपछि राजीनामा खुत्रुकेमा जतनसाथ राखेर साथीहरु फर्किनुभएको छ।’

प्रकाशित: २४ असार २०८१ १२:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App