३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस र एमालेबिच एक अर्कालाई लात्ताले नहान्ने सहमति भएको छ: सांसद बर्तौला

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एमाले र कांग्रेसबिच सत्ता सहयात्रा अगाडि बढाउँदा एकले अर्कालाई बिचमा हिँड्दाहिँड्दै लात्ताले नहान्ने सहमति भएको बताएका छन्।

सोमबार प्रतिनिधि सभामा बोल्दै बर्तौलाले एमाले र कांग्रेसबिच सत्ता सहयात्रा अगाडि बढाउँदा एकले अर्कालाई बिचमा हिँड्दाहिँड्दै लात्ताले नहान्ने सहमति भएको बताएका हुन्।

उनले भने, 'नेपाली कांग्रेस र एमालेबिच सहकार्य अगाडि बढ्ने सहमति भएको छ। नेकपा एमालेको नेतृत्वमा पहिलो चरणको सरकार र त्यसपछि कांग्रेस सभापतिको नेतृत्वमा सरकार अगाडि बढ्ने। अन्य संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई पनि यो सरकारमा सहभागी हुन अपिल आह्वान गर्ने। हामीबिच अर्को समझदारी पनि भएको सत्ता सहयात्रा अगाडि बढाउँदा एकले अर्कालाई बिचमा हिँड्दाहिँड्दै लताले नहान्ने भएको छ। प्रेम एउटासँग गर्ने लिभिङ टुगेदर अर्कोसँग नगर्ने सहमति भएको छ।'  

प्रकाशित: २४ असार २०८१ १२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App