२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नेपालमा रेल र पानीजहाज होइन स्तरीय राजमार्ग आवश्यक: रावल

नेकपा एमालेका नेता भीम रावलले वर्षात्को परिस्थितिलाई हेरेर, बुझेर रेल र पानी जहाज नभई सुरक्षित र भरपर्दा सडक आवश्यक भएको बताएका छन्।

आइतबार सामाजिक सञ्जालमा अभिव्यक्ति सार्वजनिक गर्दै नेता रावलले यस्तो उल्लेख गरेका हुन्।

‘वर्षात्को सुरुमै देशका विभिन्न राजमार्गहरू अस्तव्यस्त भई आपूर्ति र आवागमनमा बाधा  परी अर्थतन्त्रमा नै असर पर्ने स्थितिलाई आँखाले हेरेर, दिमागले बुझेर नेपाललाई हाल जनशक्तिलगायत आफ्नो अनुकूल नभएका रेल र पानी जहाज होइन स्तरीय, भरपर्दा र सुरक्षित राजमार्ग आवश्यक छन् भन्ने बुझ्नु पर्छ,’ रावलले लेखेका छन्।

प्रकाशित: २३ असार २०८१ १४:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App