२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

फाइल तस्बिर

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अहिले बिहान ९ बजे बस्ने बैठकमा  पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

सङ्घीय संसद्का दुई ठूला दल कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सत्ता समीकरणका लागि सोमवार सहमति गरेपछि त्यसलाई अनुमोदन गर्न बैठक बस्न लागेको हो।

दुई दलबीच संविधान संशोधनलगायत ‘एजेन्डा’सहित राष्ट्रिय सहमतिको सरकार बनाउन सहमति भएको छ। लामो छलफल र गृहकार्यपछि नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता साझेदारी गर्नेसम्बन्धी सहमतिपत्रमा गएराति हस्ताक्षर भएको हो। सहमतिपत्रमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरिसकेका छन्।

प्रकाशित: १९ असार २०८१ ०७:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App