१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

माग सम्बोधन गर्न प्रधानमन्त्री दाहाललाई पूर्वप्रधानमन्त्री भट्टराईको समयसीमा

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका संयोजक डा.बाबुराम भट्टराईले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटार पुगेर संयोजक भट्टराईले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् । 

भेटमा पूर्वप्रधानमन्त्री भट्टराईले अधिकार सम्पन्न प्राधिकरणमार्फत समग्र बुढीगण्डकी करिडोर विकासका कामलाई तीव्रता दिन प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए । अहिलेको विद्युत् प्राधिकरण मातहत रहेका सहायक कम्पनीको कमजोर संरचना खारेज गरी अधिकार र साधनस्रोत सम्पन्न ‘बुढीगण्डकी करिडोर विकास प्राधिकरण’ तुरुन्त गठन गर्न डा. भट्टराईको माग छ । 

उनले आयोजना प्रभावित क्षेत्रका जनताका जायज माग तत्काल सम्बोधन गर्न पनि प्रधानमन्त्री दाहालसँग आग्रह गरेका छन् । प्रधानमन्त्री दाहाललाई तीन बुँदे ज्ञापनपत्र बुझाउँदै डा. भट्टराईलेआगामी भदौभित्र माग पूरा गर्न प्रधानमन्त्री दाहाललाई समयसीमा दिएका छन् । 

माग पूरा नभए असोज १ गतेदेखि आन्दोलन गर्ने उनको चेतावनी छ । 

प्रकाशित: १४ असार २०८१ १७:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App