१६ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

देशमा केही पनि भएको छैन भन्ने भाषा गलत हो: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरु वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसकेको बताएका छन्। शुक्रवार काठमाडौंमा भएको जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरु लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले वामपन्थी एकतालाई सफल पार्न आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए।

नकारात्मक भाष्य चिर्ने र जनताको पक्षमा अझ राम्रा कामहरु गरेर जनतामा आशा र भरोसा जगाउनेतिर केन्द्रित हुनुपर्ने बेला भएको उनको भनाइ छ। उनले क्रान्ति र परिवर्तनका उपलब्धिहरु संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकारले अहिले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको जिकिर गरे।

उनले भने, ‘देशमा केही पनि भएको छैन, भन्ने भाषा गलत हो। धेरै भएको छ। तर जनताको आशा र अपेक्षाअनुसार अझै भएको छैन, त्यो पनि सत्य हो। तर यहाँ एउटा प्रवृत्ति अलि बढी नै नकारात्मक मात्रै कुरा गर्न रमाउने प्रवृत्ति कहीँ न कतै यसलाई अघि बढाउन खोजिएको छ।

हामी कम्युनिष्टहरुको आवश्यकता सबै लोकतान्त्रिक शक्तिहरुको पनि आवश्यकता के हो भने हामी एकतावद्ध भएर त्यो भाष्य चिर्नतिर लाग्नुपर्ने हुन्छ। हामीले जनतालाई आशा र भरोसा जगाउने गरी उपलब्धिहरुको पनि र जनतालाई निराश हुन नदिने गरीकन सीमा र कमजोरीको पनि समीक्षा गर्नुपर्छ। तर यहाँ जनतालाई यहाँ केही छैन, केही भएन भनेर प्रशिक्षित गर्ने, त्यस खालको सन्देश दिन खोजिएको छ, त्यसलाई रोक्नुपर्ने हुन्छ।

हामीले त्यो नकारात्मक भाष्य चिर्ने र जनताको पक्षमा अझ राम्रा कामहरु गरेर जनतामा आशा र भरोसा जगाउनेतिर केन्द्रित हुनुपर्छ। हामी एकताको प्रक्रियातिर अघि बढि नै सकेका छौँ। यसलाई सफल पार्न हामी सबैले आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ।’

प्रकाशित: १४ असार २०८१ ११:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App