९ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

संसद बैठक बस्दै, विनियोजन विधेयकमाथिको छलफल जारी रहने

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।  

आजको बैठकमा पनि विनियोजन विधेयक, २०८१ माथि छलफल जारी रहने छ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गर्नेछन्।

संसद सचिवालयका अनुसार आजको बैठमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र अर्थ मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ।

यस्तो छ संसदको आजको कार्यसूचीः 

प्रकाशित: २ असार २०८१ ०७:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App