१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहालले चौथो पटक पाए विश्वासको मत

विपक्षी दलद्वारा मतदान प्रक्रिया बहिष्कार

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा चौथो पटक विश्वासको मत पाएका छन्।

प्रधानमन्त्री दाहालले सोमबार प्रतिनिधि सभामा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १५७ सांसदले समर्थन गरेका हुन्।

प्रस्तावको विपक्षमा शून्य मत परेको छ। प्रधानमन्त्री दाहाललाई मत दिन्न भन्नेमा १ मत परेको थियो। प्रतिनिधि सभाको सोमबारको बैठकमा उपस्थित सांसदमध्ये १५८ जनामात्र मतदान प्रक्रियामा सहभागी भएका थिए । 

नेपाली कांग्रेससहित विपक्षी दलहरु राप्रपा, जसपा, लोसपा, जनमाेर्चाका सांसद भने मतदान प्रक्रियामा सहभागी नै भएनन् । 

जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन् ।

प्रधानमन्त्रीले संविधानको धारा १०० उपधारा २ बमोजिम प्रतिनिधिसभा नियमावली  २०७९ नियम १५५ को उपनियम ४ बमोजिम प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए।

प्रकाशित: ७ जेष्ठ २०८१ १३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App