९ असार २०८१ आइतबार
image/svg+xml

‘दुई वर्षभित्र सोलारबाट एक हजार मेघावाट विद्युत् थप हुन्छ’

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्षभित्र सोलारबाट एक हजार मेघावाट विद्युत् थप गर्ने बताएका छन्।

मनसुनजन्य विपत्तिबाट ८३ हजार घरपरिवार प्रभावित हुनसक्ने सरकारको आकलन

सरकारले यो वर्षको मनसुनजन्य विपत्तिबाट ८३ हजार घरपरिवार प्रभावित हुनसक्ने आकलन गरेको छ।

बजेट सापेक्ष, वस्तुवादी र यथार्थपरकः माओवादी सांसद शर्मा

नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सापेक्ष, वस्तुवादी र यथार्थपरक रहेको बताएका छन्।

संसद्को गतिरोध अन्त्यका लागि पहल गर्न प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको आग्रह

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसद्को गतिरोध अन्त्यका लागि ध्यानाकर्षण गराएको छ।

कांग्रेसको नाराबाजीका बीच नीति तथा कार्यक्रममाथि छलफल

प्रतिनिधि सभामा नेपाली कांग्रेसका सांसदको नाराबाजीका बीच सभामुख देवराज घिमिरेले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल अघि बढाएका छन् ।

प्रतिनिधि सभामा कांग्रेसको नाराबाजी कायमै, सहकारी ठगीमा छानबिन समिति गठन हुनु पर्ने राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रतिनिधि सभामा सहकारी ठगी प्रकरणमा छानबिन समिति गठनको माग गरेको छ ।

कार्यादेशमा दलहरूको अडान कायमै, प्रतिनिधिसभा बैठक अनिश्चित

नेपाली कांग्रेसले व्यक्तिको नामै किटेर सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश बनाउनु पर्ने अडान दोहोर्याएपछि प्रतिनिधिसभा बैठक अनिश्चित बनेको छ ।

कांग्रेसले प्रधानमन्त्रीसँग माग्यो सिरोहिया पक्राउ र गृहमन्त्रीको अभिव्यक्तिबारे जवाफ

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउको बारेमा प्रधानमन्त्रीसँग जवाफ माग गरेको छ।

सभामुखले प्रतिपक्षलाई बोल्न दिएनन्, सवाल–जवाफमा सात मिनेट खर्च

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठक दश मिनेट चलेर स्थगित भएको छ, जसमध्ये सात मिनेट सभामुख र कांग्रेस सांसदहरूबीच सवाल जवाफ नै चल्यो ।

कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक सुरु

सहकारी ठगी प्रकरणमा गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन गठित कार्यदलको बैठक सुरु भएको छ । बैठक कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरु भएको हो ।

आफ्ना नेतामाथि लगाएको आरोप निराधार भए गृहमन्त्रीलाई संसद्‍बाट गलहत्याउने कांग्रेसको चुनौती

नेपाली कांगेसले संसदमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गत आइतबार दिएको अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन माग गरेको छ ।

दलीय घेराबन्दीमा संसद्, मंगलबारको बैठक अझै सुरु भएन

प्रतिनिधि सभाको मंगलबारका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन । बिहान ११ बजे बस्ने तयारी भएको बैठक सहमतिका लागि सभामुख देवराज घिमिरेले पहल जारी राखेपछि सुरु हुन नसकेको हो ।

संसद्‍मा प्रधानमन्त्रीलाई कांग्रेसको अवरोध (तस्बिरसहित)

प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाली कांग्रेसका सांसदहरुले अवरोध गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्