१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसको अवरोधपछि जेठ ६ गतेसम्मका लागि राष्ट्रिय सभाको बैठक स्थगित

राष्ट्रिय सभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बिरोध जनाएको छ। सभाको कार्यतालिकामा प्रवेश गर्न नपाउँदै नेपाली कांग्रेसका सांसदहरुले उठेर बिरोध जनाएपछि सभा अवरुद्ध भएको हो।

बैठकमा कांग्रेस सांसदहरुले उठेर बिरोध जनाएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाख दाहालले सभाका प्रक्रियाहरु अघि बढाउन नसकिएको भन्दै सभालाई सहज रुपमा सञ्चालन गर्न व्यवस्था दिन आग्रह गरे।

उनले समस्या राष्ट्रिय सभामा उत्पत्ति नभएकाले बिरोध नगरिदिन आग्रह गरे। उनले सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई लिएर धन्यवाद ज्ञापन समेत गर्न नपाएको र राष्ट्रपति कार्यालयबाट प्राप्त सूचनाहरुसमेत पढेर सुनाउन नसकेको स्थिति बनेको भन्दै सहज रुमपा अघि बढाउने माहोल निर्माण गरिदिन आग्रह गरे।  

राष्ट्रिय सभाको अर्को बैठक २०८१ साल जेठ ६ गते आईतवार दिउँसो सवा १ बजे बस्नेगरी स्थगित भएको छ। 

प्रकाशित: ४ जेष्ठ २०८१ १३:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App