१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नागरिक उन्मुक्ति पार्टीकी सांसद इन्दिरा गिरी पदमुक्त

नागरिक उन्मुक्ति पार्टी (नाउपा) की सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन्।​

नाउपा केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेश सभामा दर्ता भएपछि प्रदेश सभा सचिवालयले सोमवार उनी पदमुक्त भएको जानकारी गराएको हो ।

प्रदेश सभा सदस्य माननीय इन्दिरा गिरीलाई फिर्ता बोलाइएको भनी सुदूरपश्चिम प्रदेश सभाको सचिवालयमा पेश भएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ बमोजिम सूचना प्रकाशित गर्न सभामुखको निर्देशन भएको हुँदा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’,सभामुख भीमबहादुर भण्डारीको निर्देशनमा सोमवार प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा भनिएको छ।

आफूले दिएको निर्देशन पालना नगरेको भन्दै अध्यक्ष श्रेष्ठले सांसद गिरीलाई फिर्ता बोलाउने पत्र प्रदेश सभामा पठाएकी थिइन् ।

समानुपातिक सांसद गिरी कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नेतृत्वको सरकारमा कृषि राज्यमन्त्री भएकी थिइन्। 

प्रकाशित: २६ चैत्र २०८० १६:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App