१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमाले कालिकोटमा मतदान सुरु

क्याप्शन

नेकपा एमाले कालिकोटमा मतदान भइरहेको छ। एमाले कालिकोटको जिल्ला कमिटीका पाँच जना पदाधिकारीका लागि १३ जनाको उम्मेदवारी परेपछि मतदान गरिएको हो।

अध्यक्षमा दुई जनासहित १३ जनाले उम्मेदवारी दिएका छन्। अध्यक्ष पदमा दयाराम सिम्खाडा र तुलाराज मल्लले उम्मेदवार रहेका छन्। उपाध्यक्ष पदका लागि टेकबहादुर बुढा र कमलकुमार शाहीले उम्मेदवारी दिएका छन्।

त्यस्तै एकजना सचिव पदका लागि पुष्पराज आचार्य र खडानन्द चौंलागाईले उम्मेदवारी दिएको निर्वाचन अधिकृत पदमबहादुर शाहीले जानकारी दिए।

दुई जना उपसचिव पदका लागि खुला र महिलातर्फ गरी पवित्रकुमार शाही, भवानी आचार्य, खड्क सिंह, तारा शाही, सुभद्रा सिंह, प्रेम बुढा, लंक बम गरी सातजनाको उम्मेदवारी परेको छ।

एमाले जिल्ला कमिटीका पाँच पदाधिकारीसहित एक सय ३५ सदस्यीय हुनेछ, जसमध्ये अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित १ सय २५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने छ। बाँकी दशजनालाई मनोनित गरिने बताइएको छ।

प्रकाशित: २४ चैत्र २०८० १२:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App