२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बालुवाटार र संसदबाट मात्रै समाजवादी क्रान्ति सम्भव छैनः पूर्वप्रधानमन्त्री खनाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बालुवाटार र संसदबाट मात्रै समाजवादी क्रान्ति सम्भव नहुने बताएका छन्।

मंगलवार काठमाडौंमा समाजवादी मोर्चाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले क्रान्ति बालुवाटार र संसदबाट मात्रै सम्भव नरहेको जिकिर गर्दै क्रान्तिका लागि सबैभन्दा ठूलो माध्यम सडक रहेको बताए। सडकबाट जनताका आवाजहरु बुलन्द गरी एकत्रित बनाएर आन्दोलित हुन जरुरी रहेका उनले बताए।

सदन र सडकलाई सँगसँगै उपयोग गरेमात्रै समाजवादी क्रान्ति सम्भव हुने उनको भनाइ छ। उनले जनताको इच्छालाई बुझेर एकतावद्ध गरी आन्दोलित गर्ने कामहरु नगरीकन नेपाली विशेषताको समाजवाद आउन नसक्ने बताए। अहिलेको सरकार विचार मिल्नेहरुको सरकार भएकाले प्रगतिशिल नीतिका कार्यक्रमहरु अघि बढाउन आवश्यक रहेको उनले बताए।  

प्रकाशित: २० चैत्र २०८० १७:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App