२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सांसद पौडेलको प्रश्नः मानव तस्करलाई अनुकूल हुनेगरी रुस जाने श्रम स्वीकृति किन दिइयो?

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मानव तस्करहरुलाई अनुकूल हुने गरी श्रम मन्त्रालयले रुस जाने श्रम स्वीकृति किन दिएको भन्दै प्रश्न गरेका छन्।

उनले सोमबार प्रतिनिधि सभाको बैठकमा भने, ‘मानव तस्करलाई अनुकूल हुने गरी श्रम मन्त्रालयले रुस जाने श्रम स्वीकृति किन दियो?’ सांसद पौडेलले यो श्रम स्वीकृति भित्र गम्भीर स्वार्थ लुकेको आफूहरूले देखेको बताए।

उनले श्रम स्वीकृतिमा विभिन्न प्रलोभन देखाएर मानव तस्करहरुले नेपालीलाई रुस लैजाने र त्यहाँ अरू कुनै काम नपाएपछि उनीहरू बाध्य भएर रुसी सेनामा जाने गरेको उल्लेख गरे।

सांसद पौडेलले रुसी सेनामा गएका परिवारहरूको पीडाहरू देखिरहेको सरकारले रुस जाने श्रम स्वीकृति किन दियो भन्दै पटक–पटक प्रश्न गरेका थिए।

‘रुस गएर पैसा कमिन्छ भन्ने कुरा झुटो हो। नेपाली नागरिकले १८ घण्टा काम गर्दा पनि ४० हजार भन्दा बढी कमाउन सक्दैनन्’, उनले भने।

प्रकाशित: १९ चैत्र २०८० १३:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App