१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संवैधानिक परिषद्को बैठक १८ गते

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांगेसका सभापति शेरबहादुर देउवाबीच बिहीबार बिहान भएको भेटवार्तामा संवैधानिक परिषद्को बैठक तय भएको छ। प्रधानमन्त्री दाहालले चैत १८ गतेका लागि संवैधानिक परिषद्को बैठक बोलाएका छन्।

दुई नेताबीच भएको छलफल पछि बैठकको मिति तय गरिएको हो। प्रधानमन्त्री दाहालले चैत १२ गतेका लागि बोलाएको यसअघिको बैठक स्थगित गरेका थिए।

परिषद्को बैठकबारे छलफल गर्न प्रधानमन्त्री दाहालले सभापति देउवालाई बिहीबार बिहान आफ्नो निवास बालुवाटारमा बोलाएका थिए।

संवैधानिक परिषद्मा प्रधानमन्त्रीको नेतृत्वमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ।

प्रकाशित: १५ चैत्र २०८० १२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App