१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

रास्वपाले हरेक हप्ता सरकारको कामको समीक्षा गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हरेक हप्ता सरकारको कामको समीक्षा गर्ने भएको छ।

सोमवार पार्टी मुख्यालय बालाजुमा बसेको पार्टी केन्द्रिय समिति बैठकले हरेक हप्ता सरकारको कामबारे समिक्षा गर्ने निर्णय गरेको हो।

त्यसको जिम्मेवारी पार्टीका उपसभापति डा.स्वर्णिम वाग्ले र महामन्त्री मुकुल ढकाललाई दिइएको छ। 

पार्टीलाई सरकार, संसद र संगठनमा बलियो बनाउन सहयोगी टिमहरु गठन गरेर अघि बढ्ने निर्णय पनि गरिएको महामन्त्री ढकालले बताए।  

उनले भने, ‘दुई मुख्य एजेण्डा थिए– एउटा सरकारमा सहभागी भईसकेपछि जुन राजनीतिक परिस्थितिको कुरा थियो। त्यो निर्णयलाई अनुमोदन गर्ने कुरा थियो। र, यसको विभिन्न ब्याख्या, विश्लेषण गर्नुपर्ने थियो। त्यसका बारमा निर्णय गरेका छौं। त्यस्तै गरी दोस्रो उपनिर्वाचनको सन्दर्भमा पनि हामीले केही निर्णय गरेका छौं। सरकारमा सहभागी हुने निर्णयलाई अनुमोदन गर्दै पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई सहयोग गर्दै यस ऐतिहासिक अवसरलाई आवश्यक योगदान र समन्वय गर्ने निर्णय गरियो। साथै सरकारको कार्य सम्पादनको आवधिक समिक्षा गर्ने र पार्टीका विविध मोर्चा सरकार, संसद, संगठनमा सल्लाहको आधारमा सहयोगी टिमहरु गठन गर्दै पार्टीलाई हरेक मोर्चामा सफल बनाउन हरसम्भव कार्य गर्ने निर्णय गरियो। त्यस्तै दोस्रो निर्णयमा हामीले इलामको उपनिर्वाचनमा भाग लिने, दल दर्ता गर्ने निर्णय गर्‍यौं भने प्रदेश सभाको निर्वाचन जुन बझाङको थियो। त्यसमा हामीले भाग नलिने निर्णय गरेका छौं।’

प्रकाशित: २८ फाल्गुन २०८० १७:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App