१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कर्णाली सरकारबाट बाहिरियो कांग्रेस

कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी मन्त्रीहरु सरकारबाट बाहिरिएका छन्।

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसहितको फरक गठबन्धन बनेपछि कर्णाली प्रदेश सरकारबाट कांग्रेस बाहिरिएको थियो।

कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट बेदराज सिंह आर्थिक मामिला तथा योजना मन्त्री, कृष्णबहादुर विसी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र खड्कबहादुर पोखरेल मासाजिक विकास मन्त्री थिए। कांग्रेस गत बैशाख सात गते कर्णाली प्रदेश सरकारमा सहभागी भएको थियो।

सरकार छोड्नुअघि कांग्रेसबाट सहभागी तीन जना मन्त्रीले सामुहिक पत्रकार सम्मेलन गरेका थिए। पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजना मन्त्री सिंहले केन्द्रमा बदलिएको समीकरण अनुसार प्रदेशमा आफूहरु सरकारबाट बाहिरिने निर्णय गरेको बताए। ‘कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्को गठबन्धनमा लागेपछि सरकारमा बसिरहन उपर्युक्त लागेन्,’ उनले भने, ‘संसदीय दलको निर्देशन अनुसार सरकार छोड्ने निर्णय गरेका हौं।’

प्रकाशित: २२ फाल्गुन २०८० १२:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App