१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

दिनभर शीर्ष नेताहरूको दौडधुप, सोमबार गठबन्धन दलको बैठक

सत्ता गठबन्धनमा दरार उत्पन्न भएपछि आइतबार दिनभर शीर्ष नेताहरूबिच गठबन्धन जोगाउने विषयमा छलफल भएको छ।

आइतबार बिहानदेखि साँझसम्म गठबन्धन दलका नेताहरूबिच गठबन्धन दलमा आएको समस्यालाई लिएर आफ्ना मन्त्री र नेताहरूसँगको छलफल र भेटघाट व्यस्त रहेका छन्। 

आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारमा सहभागी मन्त्री र नेताहरुसँग छलफल गरे। देउवाले आफ्ना दलको तर्फबाट सरकारमा रहेका मन्त्रीहरूसँग छलफल गरेपछि सोमबार बिहान ८ बजे सत्ता गठबन्धनको बैठक बोलाएका छन्। ‘सत्ता गठबन्धनमा खटपटका सोमबार बिहान ८ बजे बैठक बस्न लागेको हो’, स्रोतले भन्यो।  

बैठकमा मन्त्रीहरूको परिवर्तन र राष्ट्रियसभा अध्यक्षको निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ। राष्ट्रियसभा अध्यक्षको निर्वाचनअघि सत्ता समीकरण परिवर्तन हुनसक्ने बताइए पनि कांग्रेसमा मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नजिक भएर आफूलाई पेल्न थालेको गुनासो गरेका थिए। आइतबार साँझ देउवाले सोमबार जस्तो सुकै निर्णय लिनुपर्ने भएकाले तयारी अवस्थामा रहन निर्देशन दिएको एक मन्त्रीले बताए।

प्रकाशित: २० फाल्गुन २०८० २१:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App