१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

इलाम क्षेत्र–२ र बझाङ–१ मा वैशाख १५ गते उपनिर्वाचन

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि इलाम निर्वाचन क्षेत्र–२ र प्रदेशसभा सदस्यका लागि बझाङ १ मा वैशाख १५ गते उपनिर्वाचन गराउने भएको छ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगको आइतबारको बैठकले उपनिर्वाचन गराउने निर्णय गरेको जानकारी दिए। सरकारसँग छलफल गरेर उपनिर्वाचनको मिति तय गरिएको उनले जानकारी दिए।

यस क्षेत्रका तत्कालीन प्रतिनिधिसभा सदस्य नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको हो। यसै गरी बझाङ–१ का प्रदेशसभा सदस्य नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंहको २५ असार २०८० मा गाडी दुर्घटनामा निधन भएको थियो।

आयोगले वैशाख १५ गते शनिवार दुवै क्षेत्रमा उपनिर्वाचन गराउन लागेको हो। 

प्रकाशित: १३ फाल्गुन २०८० १४:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App