१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

विश्वविद्यालय उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष र स्वतन्त्र भएन: योगेश भट्टराई

नेकपा एमालेका योगेशकुमार भट्टराईले त्रिभूवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष र स्वतन्त्र नरहेको बताएका छन्।

बिहीवार बसेको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्रीज्युले स्वच्छ र स्वतन्त्र ढंगले उपकुलपति नियुक्ति गर्ने भनेपनि अन्तिममा पारदर्शी बन्न नसकेको जिकिर गरे। उनले अनुसन्धान, प्रस्तुतीमा कम नम्बर राखेर अन्तर्वार्तामा बढी नम्बर राख्ने र अन्तर्वार्ता शिक्षामन्त्री र शिक्षा सचिवले लिने प्रक्रियाबाट योग्य व्यक्ति छनोट हुन नसक्ने बताए।

उनले पार्टीभित्रका गुटका मानिसलाई उपकुलपति नियुक्ति गर्न लागिएको भन्दै उपप्राध्यापकले उपकुलपतिको अन्तर्वार्ता लिने कुरा राम्रो नभएको बताए। अहिलेको उपकुलपति नियुक्ति प्रक्रियाको भत्र्सनासमेत गरे। अहिलेको उपकुलपति नियुक्ति प्रक्रिया तत्काल बन्द गरी स्वतन्त्र र निष्पक्ष ढंगले उपकुलपति छनोट प्रक्रिया अघि बढाउन माग गरे।

उनले भने, ‘गत कार्तिक महिनादेखि त्रिभूवन विश्वविद्यालयमा उपकुलपति पद रिक्त छ। प्रधानमन्त्रीज्युले स्वच्छ र स्वतन्त्र ढंगले उपकुलपति नियुक्ति गर्ने भनेर अघि बढाउनुभयो। यो प्रक्रियामा स्वच्छ, स्वस्थ, प्रतिष्पर्धी र पारदर्शी केही पनि थिएन। अनुसन्धान, प्रश्तुतीमा असाध्यै कम नम्बर राखेर अन्तर्वार्तामा बढी नम्बर राखेर अन्तर्वार्ता कसले लिने भन्दा शिक्षामन्त्री र शिक्षा सचिवले। अनि प्राध्यापक विश्वविद्यालयको उपकुलपति हुने अन्तर्वाता कसले लिन्छ भन्दा उपप्राध्यापकले। यस्तो प्रक्रियाबाट पार्टीभित्रका गुटका मानिसलाई विश्वविद्यालयलाई जसरी अहिले बन्धक बनाइएको छ। यसको निन्दा गर्दछु। भत्र्सना गर्दछु र यो प्रक्रिया तुरुन्त बन्द गरेर स्वतन्त्र र निष्पक्ष ढंगले उपकुलपति छनोट प्रक्रिया अघि बढाइयोस्। यस्तै अवस्था पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको पनि छ। यतातिर पनि ध्यान जाओस्।’

प्रकाशित: १० फाल्गुन २०८० १२:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App