१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

गठबन्धन सरकारप्रति हाम्रो वृहत् असन्तुष्टि छ: झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धन सरकारप्रति पार्टीको वृहत् असन्तुष्टि रहेको बताएका छन्।

बुधबार झापामा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा जनतालाई छुन नसकेको उल्लेख गरे। मुलुकको अर्थतन्त्र संकटपूर्ण रहेको उनको भनाइ थियो। 

‘सरकारले जुन बजेट ल्याएको छ, यसले जनतालाई छोएको छैन। हाम्रा दुई जना मन्त्रीहरु हुनुहुन्छ, त्यो मन्त्रालयमा बजेट नै छैन के गर्नु ? उहाँहरुलाई केही गर्न किन सक्नुभएन भन्दा बजेट छैन के गर्नु भन्छन्।’ उनले भने।

उनले आफ्नो पार्टी सरकारमा निमित्तमा सहभागी बनेको बातए।

‘गठबन्धन चल्नुपर्ने जसरी चल्न सकेको छैन। देशले नयाँ कोर्षको माग गरिरहेको छ, देशका आम जनता र राष्ट्रका मागहरुलाई सम्बोधन गर्ने किसिमको सोचसहितका कार्यक्रमका साथमा बजेट बनाएर नयाँ ढंगले सरकार आउनुपर्छ’ उनले भने।

प्रकाशित: ९ फाल्गुन २०८० १५:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App