१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गठबन्धन गर्ने कि नगर्ने तत्कालिन समयमै निर्णय लिइनेछ: सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भविष्यमा राजनीतिक गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय तत्कालिन परिस्थितिमै निर्णय लिइने बताएका छन्।

सोमवार पार्टीको महासमिति बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले भविष्यमा राजनीतिक गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय तत्कालिन परिस्थितिमा निर्भर हुने बताए। उनले पार्टीले तत्कालिन परिस्थितिअनुसार गठबन्धनको औचित्य र सान्दर्भिकतामा ठोस मूल्यांकन गरी त्यसै बेलामा नै निर्णय लिने बताए। उनले पार्टीलाई संगठनात्मक रुपले थप सबल बनाउनका लागि विधान संशोधनका बारेमा आवश्यक छलफल गर्न सकिने बताए।

उनले जनताको निराशालाई देखाएर लोकतान्त्रिक गणतन्त्रको बिरुद्धमा हुने गतिविधि काँग्रेसलाई मान्य नहुने बताए। उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो भन्नेकुरामा नेपाली काँग्रेस दृढ रहेको बताए। लोकतान्त्रिक व्यवस्थाले नै सबै समस्यालाई समाधान गरेर देशलाई विकासको बाटोमा लैजान सक्ने उनले बताए।  

प्रकाशित: ७ फाल्गुन २०८० १६:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App