१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

ओलीको आरोपः जनयुद्ध प्रधानमन्त्री बनेर सत्ता कब्जाका लागि मात्रै थियो

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्ध प्रधानमन्त्री पद र सत्ताका लागि मात्रै भएको आरोप लगाएका छन्।

मंगलवार काठमाडौंमा आयोजित मानव अधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्र्दै उनले यस्तो बताएका हुन्।

उनले पछिल्ला गतिविधिहरु हेर्दा जनयुद्ध सत्ता र प्रधानमन्त्री बन्नका लागि मात्रै भएको स्पष्ट हुने बताए। राज्य जोगाउने नाउँमा वा जनयुद्ध चलाएर सत्ता कब्जा गर्ने नाउँमा मात्रै जनयुद्ध भएको उनले बताए। उनले सत्ता र प्रधानमन्त्रीका लागि १७ हजार मानिस मर्नुपर्ने? भन्दै प्रश्न गरे। उनले जनताले आवाज राख्न र संगठित हुन पाउने अधिकार सो बेलामा पनि रहेको भन्दै जनयुद्धको औचित्य नरहेको जिकिर गरे। उनले हिंसा किन गरेको थियो भन्नेकुरा हालसम्म पनि पुष्टि गर्न नसकेको उनले बताए। उनले युद्धका पीडितहरुले हालसम्म पनि न्याय नपाउनु दुःखद् भएको बताए।

उनले भने, ‘हामीले साह्रै जटिल अवस्था पार गरेर आयौँ। धेरै जटिल अवस्था। एउटा त, हिंसात्मक द्वन्द्व भयो। हिंसा भयो देशमा। हिंसा किन र केका लागि भयो? त्यसको पुष्टि कसैले गर्न सकेको छैन। जनताले आवाज राख्न, बोल्न पाएन, बोलेर आफ्ना कुरा र हीत राख्न पाएन भन्ने अवस्था थिएन। संविधानले बोल्ने अधिकार, संगठित हुने अधिकार दिएको थियो । र आफ्ना कुरा राख्ने अधिकार दिएको थियो,हिंसा किन गर्नुप¥यो, त्यो पुष्टि अहिलेसम्म कसैले गर्न सकेको छैन। अनि हिंसा भयो, त्यहाँ शान्तिपूर्ण ढंगले परिवर्तन गर्न र ल्याउन सकिने सरकारमा पुग्न सकिने, सरकारमा पुगेर आफ्ना नीति, देश र जनताको पक्षमा बनाउन सकिने अवस्था थियो। संविधानले शान्तिपूर्ण बाटाहरु बन्द गरेको थिएन। संवैधानिक हिसावले नै बाटाहरु उपलब्ध थिए। त्यस्तोमा हिंसा रहर हुन, लहड हुन सक्दैन। हिंसा भयो। यो कुनै राणा शासन थिएन, पञ्चायती थिएन। संगठन गर्न नपाइने, बोल्न नपाइने, विचार व्यक्त गर्न नपाइने अवस्था थिएन। अनि फेरि हिंसा किन गर्नुप¥यो? अलिक पछि हिंसा बिसाएर फेरि आउनुप¥यो। बिसाएर त्यही प्रणालीमा आउँदा ०६३ सालमा हिंसा शुरु गरेको मिति ०५२ सालमा हुँदा ०६३ सालमा आइपुग्दा केमा फरक परेको थियो? के कारणले फेरि त्यही व्यवस्था, त्यही प्रणालीमा आउनुपरेको थियो। त्यही संसदमा नलडीकन हिस्सा लिइयो।’

प्रकाशित: १ फाल्गुन २०८० १७:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App