१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

सांसद सुमनाको प्रश्न: ‘निमित्त भिसीले कसरी पदाधिकारी नियुक्त गर्नुभयो ?’

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्यहरूले त्रिभुवन विश्वविद्यालयका निमित्त उपकुलपतिले गरेका नियुक्तिहरू तत्काल खारेज गर्नुपर्ने माग राखेका छन्।

सोमबारको समिति बैठकमा उपस्थित केही सदस्यले तीन महिनाका लागि नियुक्त भएका उपकुलपतिले कसरी पदाधिकारी तथा कर्मचारीहरू नियुक्ति गरे भन्दै प्रश्न उठाएका हुन्।

पछिल्ला दिनमा निमित्त उपकुलपति प्राडा शिवलाल भुसालले सहायक डीन लगायत नौ जना पदाधिकारी नियुक्त गरेका छन्। यही नियुक्तिलाई लिएर समितिका सदस्यहरूले प्रश्न गरेका हुन।

तत्काल ती नियुक्ति खारेज गर्नुपर्ने उनीहरूको माग छ। ‘निमित्त भिसीले कुन कानुनमा टेकेर यति धेरै पदाधिकारी नियुक्ति गर्नुभयो ?’, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा समिति सदस्य सुमना श्रेष्ठले प्रश्न गरिन्। उनले भुसाल नै उपकुलपतिको प्रतिस्पर्धाका लागि कसरी योग्य भए भन्ने प्रश्न गरेकी थिइन्।

समितिको छलफलमा शिक्षा सचिव सुरेश अधिकारी पनि उपस्थित थिए। उनले अरू चार विश्वविद्यालयमा पदाधिकारी तत्काल नियुक्त नगर्न निर्देशन दिएको जानकारी दिएका थिए। साथै शिक्षा मन्त्री बाहिरबाट फर्किएपछि यसबारे थप जानकारी गराउने भन्दै आश्वस्त पारेका थिए।

त्रिविको उपकुलपतिका लागि १४ जनाको नाम ‘सर्ट  लिस्ट’मा राखिएको छ। उपकुलपति छनोट तथा सिफारिस समितिले उक्त लिस्टबाट तीन जनाको नाम सिफारिस गर्नेछ। त्यही सिफारिसका आधारमा मन्त्रीपरिषद्ले एक जनालाई उपकुलपति नियुक्त गर्ने प्रावधान छ। 

प्रकाशित: २९ माघ २०८० १३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App