१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

मानव तस्करी र गौतम बुद्धको अस्तुधातु समाधिस्थ रामग्रामबारे छलफल

फाइल तस्बिर

आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ। बिहान १० बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ। 

बैठकमा अध्यागमनमा देखिएको समस्या, मानव तस्करी र गृह मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुनेछ।

त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ।

त्यस्तै दिउँसो १ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा गौतम बुद्धको अस्तु धातु समाधिस्थ गरिएको रामग्राम क्षेत्रमा उत्खनन तथा बौद्ध स्तूपा निर्माण लगायतका विषयमा लुम्बिनी विकास कोष र द प्रमिसड ल्यान्ड प्रालिबीच भएको समझदारी सम्बन्धमा छलफल हुनेछ।

प्रकाशित: २८ माघ २०८० ०९:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App