१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभाको यो अपमानजनक पदबाट कहिलेदेखि मुक्ति मिल्लाः वामदेव गौतम

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राष्ट्रिय सभा सदस्य बन्नेकुरा अपमान जस्तो लाग्न थालेको बताएका छन्।

बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले आफूलाई अपमानजनक पदबाट कहिलेदेखि मुक्ति हुन पाइएला भन्ने लागेको बताए। उनले आजसम्म भएका प्रधानमन्त्रीले बहुदलीय प्रतिष्पर्धाको प्रणालीबाट समाजवाद निर्माण गर्न सकिन्छ भनेर एउटा ढाँचा पनि प्रस्तुत गर्न नसकेको बताए। उनले नेपाल कसरी अघि बढ्ने भन्ने ढाँचा कसैले पनि दिन नसकेको बताए।

उनले भने, ‘लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाजवाद निर्माण गर्ने काम यो संविधानको हो। नेपाली जनताको हो। यो संविधान जारी गर्नेहरुको हो। बहुदलीय प्रतिष्पर्धाको प्रणालीबाट कस्ते किसिमको समाज निर्माण गर्नुपर्छ भन्ने परिकल्पना त्यो संविधान निर्माण गर्नेले त्यसैबेलादेखि देखेका छन्। आजसम्म भएका प्रधानमन्त्रीले बहुदलीय प्रतिष्पर्धाको प्रणालीबाट समाजवाद निर्माण गर्न सकिन्छ भनेर एउटा ढाँचा पनि प्रस्तुत गर्न सक्नुभएको छैन। आज पनि हामीले ढाँचा दिन सकेका छैनौँ। हामी उदाहरण दिन्छौँ। यो देश यसरी गयो भनेर तर नेपाल कसरी जान्छ भन्ने  हामीले पनि भन्न सकेका छैनौँ। यो अपमानजनक पदमा कहिलेदेखि मुक्त हुन पाइएला भनेर भन्ने मलाइ लाग्छ।’

प्रकाशित: २४ माघ २०८० १४:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App