२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

आरजुले ‘इमान्दारीता’ सुन्न नचाहँदा सुवालले टेबल ठोके!

सामान्यता शालीन देखिने नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भक्तपुर १ बाट मादल चिन्ह लिएर चुनाव जितेका हुन्। सोमवार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा जनसरोकारका विषयमा आवाज उठाउँदै गर्दा समितिका सभापति आरजु राणाले ‘अवरोध’ गरेपछि उनी टेबल ठोक्दै आक्रोशित बने।

उनको आक्रोश स्वाभाविक थियो। बैठकमा खाद्य स्वच्छता विधेयकको संशोधनकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यसूची रहेको थियो। त्यहाँ उनले आफ्नो पालो आएपछि जनजीविकासँग प्रत्यक्ष जोडिएका पानी, तरकारी, औषधि, दूधलगायतका खाद्यवस्तुको स्वच्छताको बारेमा  गहन कुरा राखिरहेका थिए।

सुवालले आफ्नो संशोधन प्रस्तावको सुरुवातमा  प्रजातान्त्रिक समाजवादको कुरा गर्ने मन्त्री र सभापतिले  विधेयकमा  धान गहुँ मकै सुन्तला स्याउ लगायतका खाद्यपदार्थ आफैले  उत्पादन गर्ने भन्ने कुरा प्रस्तावनामा ल्याउने पर्ने बताए। त्यस्तै उनले यस्ता बैठकमा सांसदसँगै  सरोकारवाला चिकित्सक तथा पोषणविद्को पनि  सुझाव लिनु पर्ने  कुरा उठाए।

‘बिपी कोइरालालाई त तपाईँहरूले बिपी प्रतिष्ठानमै बेच्नुभयो नि। भ्रष्टाचारको अखडा सबै थाहा छ हामीलाई। सभापतिज्यूले ठुलो कुरा गर्नुपर्दैन,’ प्रेम सुवालले आरजुतर्फ लक्षित गर्दै  भने, ‘कुन–कुन प्रधानमन्त्रीको पालामा क–कसले भ्रष्टाचार गरेको सबै थाहा छ हामीलाई।’

सुवालले केन्द्रीय प्रयोगशाला प्रभावकारी नभएको अनि सेटिङमा चल्ने गरेको  कुरा तर्फ  समेत सचेत गराए। त्यहाँबाट खान योज्ञ नभएको बस्तुलाई पनि आर्थिक लाभ लिई ‘खान मिल्ने भन्ने’ भनेर प्रमाणीकरण गर्ने गरेको विषयतर्फ पनि सचेत रहन सुझाव दिए।

उनले खानेपानीको स्वच्छता, औषधिको गुणस्तर र मासु तरकारी लगायतका विषयमा प्रयोग हुने विषादीको बारेमा सरोकारवाला निकायलाई जबाफदेही बनाउनु पर्ने धारणा राखे। अनुगमन झारा टार्ने प्रवृत्तिको नभई मजबुत र प्रभावकारी हुनु पर्ने सुनाए।

उनले गरिबले पनि बाच्न पाउने अधिकारको वकालत गर्दै अहिले धनी मात्रै बाच्ने माहौल रहेको सुनाए। प्रमाण र तर्क सहित जनजीविकासँग जोडिएका कुरा राख्दै गर्दा  सभापति आरजु राणाले ‘पोइन्ट टु द पोइन्ट गरिदिनुस्’ भनेपछि सांसद सुवाल आक्रोशित बन्दै टेबल ठोके।

‘गहन छलफल त हुनै पर्‍यो नि छोटो लामोको सवाल नै हैन र दिनभरि बस्ने हैन आवश्यक परे रात भरी पनि बस्नु पर्छ ,’ सामाजिक सञ्जालमा ध्रुव सुनुवार लेख्छन्, ‘किनभने जनताकै लागी काम गर्ने भनेर त्यहाँ सम्म पुगेको हो!

‘पोइन्ट नै हो। तपाईँहरूलाई घोचेपछि पोइन्टमा पर्दैन। सबै थाहा छ सभापतिज्यू,’ सुवालले भने, ‘तपाइहरू त सिंहदरबार कब्जा गर्न पाए हुन्छ नि । गरिब जनताको किन सुन्नुपर्छ ? सबै थाहा छ हामीलाई ।’ सुवालले  आरजुतर्फ लक्षित गर्दै तपाईँहरूको प्रजातान्त्रिक समाजवादपनि नाटकै रहेको व्यङ्ग गरे।

‘बिपी कोइरालालाई त तपाईँहरूले बिपी प्रतिष्ठानमै बेच्नुभयो नि। भ्रष्टाचारको अखडा सबै थाहा छ हामीलाई। सभापतिज्यूले ठुलो कुरा गर्नुपर्दैन,’ सुवालले भने, ‘ कुन–कुन प्रधानमन्त्रीको पालामा क–कसले भ्रष्टाचार गरेको सबै थाहा छ हामीलाई।’

उद्योग मन्त्री रमेश रिजालले त्यस तर्फ नजाऔँ माननीयज्यू भन्दापनि सुवाल रोकिएनन्।

‘किन नजाने ? किन रोक्नुभयो ? म बोल्दिन के,’ टेबल ठटाउँदै सुवालले भने।

सुवाल आक्रोशित हुँदै गर्दा आरजु गंभिर देखिइन्। ‘ रोकेको होइन। रोकेको होइन। प्लिज टु द पोइन्ट गरिदिनुहोस् भनेको हो के ।,’आरजुले भनिन्, ‘प्लिज बस्नुस् माननीयज्यू। बस्नुस्। आफ्नो पोइन्ट राखेर जानुस्।’

आफूलाई त्यसरी रोकेर पक्षपात गर्न नपाइने सुवालले सुनाए। राणाले पक्षपात गरेको हैन भन्दै किन होइन भन्ने प्रश्न समेत सुवालले राखे।

‘पक्षपात गरेको होइन। सिध्याएर जानुस् आफ्नो कुरा।’,‘राणाले भनिन्, ‘व्याख्या धेरै नगर्नुस् मात्रै भनेको।’

तर सुवालले तपाईँहरूको समर्थन गर्न आएको होइन भन्दै चर्किए। आरजुले समर्थन खोजेको होइनभन्दा सुवालले विरोध गर्नासाथ किन रोक्नु भयो त भनेर प्रतिप्रश्न गरे।

त्यसपछि सुवालले आक्रोशित हुँदै आज युवा जति ८० लाख विदेश पठाउनु भयो। आज देश ध्वस्त पार्नुभयो। तपाईँहरूले किन रोक्नुभयो भन्दै प्रतिप्रश्न गरिरहे।

सुवाल नरोकिएपछि आरजु राणा केही बैक फुट भइन्। ‘ठिक छ ठिक छ प्लिज। तपाईं लामै राख्नुस्। लामै राख्नुस् , उनले भनिन्, ‘ दिनभरि हामी यहीँ बस्न आएको हो ।’

त्यसपछि  सुवालपनि  केही शान्त देखिए। ‘६ महिना यता ४ अर्ब रुपैयाँको तरकारी आयात भयो। त्यो पनि विषादी भएको।’, उनले आफ्नो भनाई टुङ्गाउँदै भने, ‘ चेकजाँच गर्नुपदैन? विषादी भएको तरकारी खुवाउन मिल्छ ? यही हो खाद्य स्वच्छता मन्त्रीज्यू ?।’

बैठकमा खाद्य स्वच्छता विधेयकको संशोधनकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यसूची रहेको थियो। सोही अनुरूप संशोधनकर्ता सांसदहरूलाई बोलाइएको थियो भने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल समेत उपस्थित थिए।

सुवाल र राणाको घोचपेचपछि धेरैले प्रतिक्रिया पनि जनाएका छन्।  धेरैले सुवालले उठाएका कुरा जायज भएको भन्दै यस्ता कुरा सरोकारवालाले समय दिएरै भएपनि सुन्नु पर्ने राय व्यक्त  गरे। 

‘गहन छलफल त हुनै पर्‍यो नि छोटो लामोको सवाल नै हैन र दिनभरि बस्ने हैन आवश्यक परे रात भरी पनि बस्नु पर्छ ,’ सामाजिक सञ्जालमा ध्रुव सुनुवार लेख्छन्, ‘किनभने जनताकै लागी काम गर्ने भनेर त्यहाँ सम्म पुगेको हो! हुन त मुख्य मुख्य व्यक्तिहरूलाई पैसा छाप्दै भण्डारण गर्दै ठिक्क छ।’ 

प्रकाशित: १६ माघ २०८० ०५:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App