१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

वीर अस्पतालमा बिरामीको खाना कटौति गर्ने कुरा तत्काल सच्याउन माग

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसकी सांसद कमला पन्तले वीर अस्पतालका बिरामीलाई दिइँदै आएको खानाको सुविधा कटौति गरेकोमा आपत्ति जनाएका छन्।

सांसद पन्तले सो अस्पतालमा बिरामीलाई खाना दिने सेवा कटौति गर्ने निर्णयमा तत्काल पुनर्विचार गर्न पनि सरकारलाई सचेत गराए। सरकारले बहकावमा परेर त्यस्ता खालका दुःखद् निर्णय गर्न नहुने उनको भनाई थियो।  

सोमवार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सांसद पन्तले वीर अस्पताल र टिचिङ अस्पतालमा नर्सहरु अध्ययन गर्ने व्यवस्थामा सरकारले रोकेकोमा आक्रोश व्यक्त गर्दै त्यस्तो काम नगर्न पनि सुझाव दिए। उनले ब्रिटिस आर्मीलाई बेलायतको नागरिकता लिन पाउने व्यवस्था खारेज गर्न पनि सरकारसँग माग गरे।

प्रकाशित: १५ माघ २०८० १२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App