२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

अबको पाँच वर्षपछि नेपालमा डाक्टर र नर्स पाइदैन: मन्त्री बस्नेत

फाइल तस्बिर

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताएका छन्।

सोमवार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले आफूले हेर्दा ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था नरहेको जिकिर गरे। उनले नेपालको शिक्षा नीतिमा केही कमी, कमजोरीहरु रहेको बताए। उनले कमजोरीहरुलाई हटाएर अघि बढ्न आवश्यक रहेको बताए। उनले जनसंख्या बढीरहेको सन्दर्भमा स्वास्थ्यकर्मीहरु पनि बढ्दै जान आवश्यक रहेको बताए। देशमा कामै नपाउने अवस्था रहेको उनको भनाइ छ। उनले दक्ष जनशक्ति नहुने र आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा धेरै अफ्ठ्यारो भइरहेको बताए।

उनले भने, ‘मैले सर्सती हेर्दा अब ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन। यसमा हाम्रो शिक्षा नीतिका केही कमी, कमजोरीका कुरा पक्कै हुन्। त्यो कमी कमजोरीलाई हटाएर आगामी दिनहरुमा बिरामीको संख्या अब घट्ने होइन बढ्ने हो। जनसंख्या घट्ने होइन बढ्ने नै हो। त्यसकारण स्वास्थ्यकर्मीहरु बढ्न त जरुरी छ। एकथरी सेवासुविधा कमजोर भएर पलायन हुने अवस्था छ। एकथरी काम गरेर बस्दा पनि आफ्ना बालबच्चाहरु राम्रा स्कुलमा पढ्न नसक्ने, राम्रो शिक्षा पाउन नसक्ने, घर व्यवहार हाम्रो चल्न नसक्ने एउटा अवस्था। अर्को कामै नपाउने अवस्था छ। अर्को दक्ष जनशक्ति नहुने अवस्था, यसले यो स्वास्थ्य क्षेत्र अर्थात आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा धेरै अफ्ठ्यारा आइलागेका छन्। र अर्को कुरा भौतिक पूर्वाधारदेखि लिएर अरु कुरा छन्।’

प्रकाशित: १५ माघ २०८० ०८:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App