१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मेयर बालेनले गरे राष्ट्रियसभा निर्वाचन बहिष्कार

फाइल तस्बिर

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रियसभा सदस्यको निर्वाचन बहिष्कार गरेका छन्।

मेयर  शाहले आज भइरहेको राष्ट्रियसभा सदस्यको निर्वाचन बहिष्कार गरेका हुन्। कार्यव्यस्तताका कारण मेयर शाह मतदान गर्न नजाने उनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए।

शाहले भने, 'कार्यव्यवस्ताका कारण मेयर शाह मतदान गर्न जानुहुँदैन।' शाहले २०७९ वैशाखमा भएको स्थानीय निर्वाचनमा काठमाडौँ महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारबाट जितेका थिए।

बागमती प्रदेशमा राष्ट्रियसभा सदस्यको रिक्त चार सदस्य पदको लागि मतदान जारी रहेको छ।

स्थानीय भुटनदेवी माविको भवनको (क) मतदान केन्द्रमा प्रदेशसभा सदस्य तथा नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज गोरसाईले पहिलो मतदान गरेका थिए। उक्त भवनमा मतदान केन्द्र (क) मा प्रदेशसभाको लागि र (ख) मा स्थानीय तहका प्रमुख, उपप्रमुखको लागि मतदानस्थलको प्रबन्ध मिलाइएको बागमती प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख ताराप्रसाद आचार्यले जानकारी दिए।

उक्त मतदान कार्यको लागि प्रदेशसभाको एक सय १० जना र स्थानीय तहका दुई सय ३७ जना गरी कूल तीन सय ४७ जनाले मतदानमा सहभागी हुने उनले जानकारी दिए। आजै अपराह्न ३ बजेको समयभित्र मतदान कार्य सम्पन्न भएलगत्तै दलका उम्मेदवारको सहमतिअनुसार अपराह्नबाट मतगणना कार्यको लागि आवश्यक तयारी पूरा भइसकेको मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिए।

सो निर्वाचनको लागि सत्ता गठबन्धन, नेकपा (एमाले), राप्रपा र नेपाल मजदुर किसान पार्टीको तर्फबाट १५ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। दुवै मतदान केन्द्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सुरक्षा प्रदान गरिरहेको र मतदाता प्रवेश गर्ने पश्चिम ढोका र मतदान कार्य सम्पन्न गरिसकेपछि उत्तरतर्फको मूल ढोकाबाट आवतजावत गर्ने सुविधा मिलाइएको मकवानपुरका प्रजिअ सुर्यप्रसाद सेढाईंले जानकारी दिए।

प्रकाशित: ११ माघ २०८० ०६:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App