४ वैशाख २०८१ मंगलबार
राजनीति

‘संघीयताको मर्म अनुसार प्रदेशको नाम र राजधानी तोकिने’

धनकुटा – प्रदेश नम्बर १ का मुख्यमन्त्री राईले प्रदेशको राजधानी र नामाङ्कन संघीयताको मर्म अनुसार तोकिने बताएका छन्। धनकुटा महोत्सव उद्घाटन समारोहमा बोल्ने सबै बक्ताले धनकुटा राजधानी बनाउन माग राखेपछि मुख्यमन्त्री राईले प्रदेश सरकार र संसदले छलफल र बहस गरेर सबै जनताको भावनालाई सम्बोधन गर्नेगरी राजधानी र नामङ्कन गर्ने बताए। 

‘धनकुटा जिल्लाबासीको भावना र जिल्लाको भौतिक पुर्वाधारको सम्भावनाको विषयमा मलाई जानकारी छ। धनकुटाबासीको भावना बुझेको छु। त्यसैले सम्बोधन गर्ने प्रयास गर्छु’, मुख्यमन्त्री राईले भने। 

राजधानी र नामाङ्कन टुंग्याउन छिटै प्रस्ताव पेस गर्ने तयारी प्रदेश सरकारले गरिरहेको छ। संघीयताको मर्म भनेकै केन्द्रित राज्य सत्तालाई विकेन्द्रित गर्ने हो। त्यसैले राजधानी जता तोकिएता पनि प्रशासनिक संरचना बाँडिन सक्ने मुख्यमन्त्री राईले बताए। 

मुख्यमन्त्री राईलाई धनकुटा प्रादेशिक राजधानी बनाउने संघर्ष समितिको तर्फबाट संयोजक सुन्दरबाबु श्रेष्ठले ज्ञापनपत्र समेत बुझाएका छन्। ज्ञापनपत्र बुझे पछि मुख्यमन्त्री राईले भने– ‘मैले धेरै कुरा भन्न मिल्दैन। तर धनकुटालाई समृद्ध बनाउने योजना प्रदेश सरकारको रहने छ।’
त्यस अवसरमा कोशी पहाडी ट्यक्सी ब्यबसायी संघका अध्यक्ष आमितलो तामाङले २० बर्ष पुरानो यातायातका साधान हटाउने निर्णयले साना ब्यबसायी मारमा परेकाले निर्णय पुनर्विचार गर्न माग राख्दै मुख्यमन्त्री राईलाई ज्ञापनपत्र बुझाएका थिए। 

प्रकाशित: २० फाल्गुन २०७४ १५:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App