काठमाडौं निर्वाचन क्षेत्र ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ नेकपा (एमाले)का पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम एकल सिफारिस भएको छ।
आइतबार बसेको एमाले निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी फागुन २१ मा हुने निर्वाचनका लागि पोखरेलको नाम उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको हो।
काठमाडौं ५ बाट नेता पोखरेलले निर्वाचन लड्दै आएका छन्। उनको गृह क्षेत्र पनि हो।
प्रकाशित: २१ पुस २०८२ १०:२७ सोमबार





