२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राजावादी भनेपछि कुच्चोले पिट्थे भन्ने थियो:नारायणमान विजुक्छें

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले उहिले उहिले नारायणमान राजावादी भनेपछि कच्चोले पिट्थे भन्ने भ्रम रहेको स्मरण गरेका छन्।

सिद्धि गणेश बचत तथा श्रृण सहकारी संस्था लिमिटेड चोर्चा भक्तपुरको ३० औ स्थापना दिवसको अवसरमा शनिबार भएको कार्यक्रममा उनले आफ्नो डेरामा आउने जोकोहीमा पनि पहिला यस्तो भ्रम रहेको स्मरण गरे।

साहित्यकार एवं गीतकार नारायणकुमार आचार्य मेरो पहिलाको डेरा भक्तपुरको सुकुल ढोकामा आफूलाई भेट्न आउँदा यस्तै भ्रम रहेकोले माथि आउन मिल्छ कि मिल्दैन भनेर सोध्दै हुनुहुन्थ्यो, उहिलेको कुरा स्मरण गर्दै उनले भने, आचार्यजीले पनि यही भ्रम सुन्नुभएकोले सोधेर मात्रै माथि आउन खोज्नुभएको रहेछ। 

सहकारीको स्थापना दिवसको अवसरमा आचार्य र संस्कृतिविद् हरिराम जोशीलाई सम्मान गरिएको थियो। उनीहरूलाई विजुक्छेंले दोसल्ला ओढाई, सम्मान पत्र र नगद प्रतिव्यक्ति २५ हजार दिएर सम्मान गरिएको थियो।  

प्रकाशित: २९ पुस २०८० ११:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App