१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

जसपाको केन्द्रीय समितिको बैठक आज, यस्ता छन् एजेन्डा

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै छ। ललितपुरको ज्यापु प्रज्ञा भवनमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा केन्द्रीय राजनीतिक समितिको बैठकमा प्रस्तुत राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनउपर निर्णय हुने सम्भावना रहेको छ।

राजनीतिक समितिको बैठकमा पार्टीको महाधिवेशन आगामी जेठ २८–३० गते धनुषामा गर्ने प्रस्तावबारे समेत आजको बैठकले निर्णय गर्ने प्रचार–प्रसार तथा प्रकाशन विभागका प्रमुख पूर्ण बस्नेतले बताए।

यसअघि बुधवार र बिहीवार पार्टीको केन्द्रीय राजनीतिक समितिको बैठक बसेको थियो। जसमा राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पेश गर्नुका साथै आगामी महाधिवेशनबारे पनि छलफल भएको थियो।

प्रकाशित: २७ पुस २०८० ०२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App