१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा निर्वाचनः आज अन्तिम मतदाता नामावली प्रकाशन, भोलि मनोनयन

निर्वाचन आयोगले आज राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरूको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ।

आयोगले निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिने जानकारी दिएको छ। 

शुक्रबारसम्म दिइएको मतदाता उपरको हक दाबीसम्बन्धी समय सकिएपछि आइतबार अन्तिम नामावली प्रकाशन गर्न लागिएको हो। 

आयोगले सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम पनि राखेको छ। उम्मेदवारको अन्तिम नामावली भने पुस २७ गते प्रकाशित गर्ने निर्वाचन तालिका सार्वजनिक गरेको छ। 

पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह दिइने छ। यसपछि एकै पटक माघ ११ गते बिहान ९ बजेदेखि ३ बजेसम्म मतदानको कार्यक्रम राखिएको छ। मतगणना पनि त्यही दिन गरिने आयोगले जानकारी दिएको छ।

फागुनबाट रिक्त हुने राष्ट्रिय सभा सदस्यको १९ पदका लागि माघ ११ गते नै मतदान हुन लागेको हो।

प्रकाशित: २२ पुस २०८० ०२:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App