७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काठमाडौँ आइपुगे भारतीय विदेशमन्त्री जयशंकर

नेपालका परराष्ट्रमन्त्री एनपी साउदको स्वागतमा त्रिभुवन विमानस्थलबाट बाहिरिँदै भारतीय विदेशमन्त्री जयशंकर

भारतीय विदेशमन्त्री डा.एस जयशंकरको विमान काठमाडौं अवतरण गरेको छ। भारतीय वायु सेनाको विशेष विमान आईएफसी थ्री वान अहिले बिहान ९ बजेर ३१ मिनेटमा उनको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरतण गरेको हो।

 विदेशमन्त्री जयशंकरलाई स्वागत गर्न परराष्ट्रमन्त्री एनपी साउद आफै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

उनी नेपाल–भारत  परराष्ट्र मन्त्रिस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन अाएका हुन। उनी भोलि शुक्रवार दिउँसाे १२ बजे सोही विमानबाट दिल्ली फर्किने छन्। उनको सुरक्षालाई ध्यानमा राखी काठमाडौँको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

यस्ता छन् उनको २६ घण्टाका कार्यक्रम:

१९ गते बिहीबार १० बजे बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने

११ बजे राष्ट्रपतिलाई शितल निवासमा भेट गर्ने

१२ बजे बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्ने

१ बजे परराष्ट्रमन्त्री एनपी साउदलाई याक एण्ड यति होटेलमा भेट्ने

१ः१५ बजे दुई देशको संयुक्त बैठकमा सहभागी  

१ः४५ बजे सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम

२ बजे परराष्ट्र मन्त्रालयको दिवा भोजमा सहभागी हुने

३ः४० बजे पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्ने

४ः३० बजे पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने

६ः१५ बजे सोल्टी होटेलमा डिनर खाने

२० गते शुक्रवार  

८ बजे बिहान पशुपतिनाथ मन्दिरको दर्शन

९ बजे पुस्तकालय र अन्य भौतिक निर्माणको उद्घाटन

१२ बजे दिल्ली फर्किने

 

प्रकाशित: १९ पुस २०८० ०४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App