१२ पुस २०८२ शनिबार
image/svg+xml
समाज

मैवाखोलामा दलित सशक्तिकरणका लागि अक्षयकोष सञ्चालन

मैवाखोला गाउँपालिकाले दलित सशक्तिकरणका लागि अध्यक्ष अक्षयकोष सञ्चालन गर्न वडास्तरमा सुझाव संकलन सुरु गरेको छ। शुक्रबार वडा नं. १ बाट सुझाव संकलन थालिएको गाउँपालिकाका प्रवक्ता तथा वडा नं. १ का वडाध्यक्ष चन्द्रकुमार तामाङले बताए। उनका अनुसार वडा नं. १ मा ६३ दलित घरपरिवार सुझाव संकलनमा सहभागी भए।

गाउँपालिकाले प्रत्येक वडामा पुगेर सुझाव संकलन गर्ने तयारी गरेको छ। सुझाव संकलनमा पालिका अध्यक्ष विजयप्रकाश वनेम, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देन, कार्यपालिका सदस्य र वडा सदस्यहरू सहभागी थिए।

मैवाखोलाले अक्षयकोष सञ्चालन कार्यविधि तयार गरी स्थानीय राजपत्रमा प्रकाशित गरिसकेको छ। राजपत्रमा प्रकाशित भएसँगै कार्यविधि कार्यान्वयनमा आएको हो। सोही कार्यविधिअनुसार वडास्तरमा सुझाव संकलन अघि बढाइएको गाउँपालिकाले जनाएको छ।

दलित लक्षित सीप र चेतनामूलक कार्यक्रम सञ्चालन, जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षामा सहयोग, निरक्षरको तथ्यांक संकलन गरी साक्षरता अभियान, परम्परागत सीप र संस्कृतिको संरक्षण, विपन्न दलितलाई आवास, खानेपानी, शौचालय र गोठ सुधारमा सहयोग, तथा स्वरोजगारका कार्यक्रमका लागि गाउँपालिकाले चालु वर्षबाट १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ।  

प्रकाशित: १२ वैशाख २०८२ १६:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App