२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पर्यटनमन्त्रीको आक्रोशः सबै अस्तित्व सम्मान छ भन्दा राजीनामा माग्ने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सबै अस्तित्व सम्मान छ भन्दा राजीनामा मागिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

मंगलवार काठमाडौंमा यश कुरारको म्युजिक भिडियो ‘तिमी छौ र त’ सार्वजनिक कार्यक्रममा उनले आफ्नो राजीनामा मागेकोप्रति आक्रोश व्यक्त गरेका हुन्। उनले संविधानको व्याख्या गर्दा राजीनामा दिनुपर्ने हो? भन्दै प्रश्न गरे। उनले राजतन्त्रप्रति इंगित गर्दै अहिले जानेर वा नजानेर मानिसहरुले पुरानो व्यवस्थालाई नै ल्याउन खोजेको बताए। उनले नेपाली समाज र मान्ने वा नमान्ने अर्को पाटो रहेको बताए। मन्त्री किराँतीले आफ्नो निधारमा मन्त्रीको छाप नरहेको र राजीनामा दिन आफू सधैँ तयार रहेको बताए। उनले आफ्नो लागि धर्म नेपाली, मन्दिर देश र भगवान जनता भएको बताए।

उनले भने, ‘हुनतः अहिले केही मान्छेहरुले जानेर वा नजानेर त्यही व्यवस्थालाई ल्याउन खोज्दैछन्। अब नेपाली समाजले मान्छन् की मान्दैनन्? पचाउँछन् की पचाउँदैनन्? खोज्दैछन्। सुदन किराँतीले संविधानको व्याख्या गर्छ, यो देश जिम्मा लिन्छु भन्ने नयाँ, युगको नेतृत्व गर्छु भन्ने मान्छेले हालेको डाकमै आँखामा कचेरा नबिझ्ने स्टाटस लेख्छ, राजीनामा। हुँदैछ के? के संविधानको व्याख्या गर्नु नहुने? सबै अस्तित्व सम्मान छ भन्नु नहुने? राजीनामा दिनुपर्ने? के मेरो निधारमा मन्त्रीको छाप छ? म त अहिले दिन तयार छु। यो पद भन्दा देश ठूलो छ। म धर्म मान्छु, मेरो धर्म नेपाली हो, मेरो मन्दिर देश हो, मेरो भगवान जनता हुन्। के हुँदैछ?’

प्रकाशित: १७ पुस २०८० १३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App