डोटी – सरकारले बुधबार सात नम्बर प्रदेशकाे अस्थायी राजधानी धनगढी ताेकेपछि अान्दाेलित डाेटेली उग्र बन्दै गएपछि प्रहरीले चार राउण्ड अश्रुग्याँस प्रहार गरेकाे छ ।
बुधबार साँझदेखि आन्दोलनकारीहरुको भीड उग्र बन्दै गएको हाे । विहीबार दिउँसो भैरहेको प्रदर्शनले क्षेत्रीय प्रशासन कार्यालय दिपायल लगायतका क्षेत्रीय कार्यालयहरुमा ढुंगामुडा र तोडफोड गरेपछि आन्दोलनकारीहरुलाई तितरबितर पार्न ४ राउण्ड अश्रुग्याँस प्रहार गरिएकाे हाे।
हजाराैँकाे संख्यामा रहेकाआन्दोलनकारीहरुको भीडमा बढीजसो महिलाहरु छन्। अश्रुग्याँस प्रहारपछि केही समस्या सिर्जना भएपनि आन्दोलनकारीहरू अझै नाराबाजी गरेर अघि बढिरहेका छन्।
प्रकाशित: ४ माघ २०७४ ०८:५३ बिहीबार