६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

एनसेलको शेयर खरिदबिक्री प्रकरणको अनुसन्धान गर्नैपर्छः सभामुख घिमिरे

फाइल तस्बिर

सभामुख देवराज घिमिरेले एनसेलको शेयर खरिदबिक्री प्रकरण रहस्यमय बनेको बताएका छन्।

बिहीवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले एनसेलको विषयमा बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन्। 

उनले एनसेलको शेयर खरिदबिक्री प्रकरण अध्ययन अनुसन्धान गर्नैपर्ने रुपमा बाहिर आएको बताए। संसदले एनसेल खरिदबिक्री प्रकरणलाई जिम्मेवारीका साथ चासो लिएर अघि बढाइरहेको उनको भनाइ छ। उनले संसद बन्द रहेका बेलामा संसदीय समितिमार्फत यस विषयमा छलफल र बहस भइरहेको बताए।

उनले भने, ‘एनसेलको शेयर खरिदबिक्री प्रकरण रहस्यको र अध्ययन अनुसन्धान गर्नैपर्ने रुपमा बाहिर आइरहेको छ। जसरी अरुको चासो गइरहेको छ, संसदमा पनि त्यत्तिकै र अझ त्यो भन्दा बढी जिम्मेवारीका साथ चासो लिएर अघि बढेको छ। संसद अहिले स्थगित छ तर संसदीय समितिहरु क्रियाशील रुपमा अघि बढीरहेका छन्। यसमा पनि दुई वटा संसदीय समितिले यसलाई छलफलका विषय बनाएर तुरुन्तै बैठक गरेका छन्। सरकारसँग स्पष्टीकरणका लागि माग गर्ने लगायतका कामहरु संसदीय समितिबाट भइरहेका छन्। सिमहरु नष्ट गर्ने भन्नेकुराहरु सुनियो, यस्तो गर्दा देशको सम्पती पनि क्षति हुनपुग्छ। यी कुरामा विचार गरेर यसको छानबिन, निस्कर्षमा जानुपर्छ। भौतिक क्षति नहुने गरी कार्यक्रम अघि बढाउन जरुरी हुन्छ।’

प्रकाशित: २१ मंसिर २०८० ११:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App