५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

सभापति रवि लामिछाने विदेश दौडाहामा, भोलि कतार जादै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने संगठन निर्माण र विस्तारका लागि बिहीबार कतार र बेलायत जाने भएका छन्। उनी केही दिन अघि मात्र मलेसियाबाट फर्किएका हुन्।

सभापति लामिछानेका स्वकिय सचिव प्रकाश सिग्देलका अनुसार सभापति लामिछाने बिहीबार बिहान साढे ९ बजे कतार एयरवेजबाट कतार जान लागेका हुन्।  

उनले कतारमा २ दिन बिताउने छन्। कतारमा सभापति लामिछानेले संगठन निर्माण र विस्तारका लागि कतारमा रहेका नेपालीहरुसँग छलफल तथा भेटघाट गर्नेछन्। तेस्रो दिन उनी बेलायतका लागि त्यहाँबाट उड्ने कार्यक्रम छ । बेलायतमा पनि उनी नेपालीहरुसँग अन्तर संवाद र अन्र्तक्रियामा रहने सिग्देलले जानकारी दिए।

‘सभापति विशेषगरी संगठन निर्माण, विस्तारका लागि भेटघाट र छलफलका लागि जान लाग्नु भएको हो’, सभापति रविका स्वकिय सचिव प्रकाश सिग्देलले नागरिक न्यूजसँग भने।  

सभापति लामिछानको साथमा सहकोषाध्यक्ष दिपक बोहरा पनि जादैछन्। सभापति रविका स्वकिय सचिव सिग्देल पनि सभापति लामिछानेको भ्रमण व्यवस्थापनका लागि बुधबार बिहानै सिधै बेलायत जादैछन्।

प्रकाशित: २० मंसिर २०८० ०४:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App