२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

रुकुमकोटबाट अध्यक्ष ओलीको सन्देश, यस्तो छ आजको सङ्कल्प यात्राको तालिका

रुकुमकोटबाट एमाले अध्यक्ष ओलीले आफ्नो सामाजिक सञ्जालमा राखेको तस्बिर ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सङ्कल्प यात्रा रुकुम पूर्वको रुकुमकोट पुगेको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बिहानै फेसबुक स्ट्याटस लेख्दै रुकुमकोटमा शुभ बिहानीको सन्देश दिएका छन्।  

बैतडीको झुलाघाटबाट छ दिन अघि सुरु भएको सङ्कल्प यात्रा सातौँ दिनमा रुकुमकोट आइपुगेको हो। यात्राका क्रममा ७ सय २२ किलोमिटर दुरी पार गरेको अध्यक्ष ओलीले जानकारी दिएका छन्।  

‘झुलाघाट–चिवाभञ्जाङ समृद्धिका लागि सङ्कल्प यात्रा’ नाम दिइएको यो यात्रा मङ्गलवार साँझ मात्र लुम्बिनी प्रदेशको रुकुम पूर्व प्रवेश गरेको थियो।  

यात्रामा अध्यक्ष ओलीसहित दलका शीर्ष नेताहरू सहभागी छन्। आज यो यात्रा बागलुङ हुँदै दिउँसो ३ बजे गुल्मीको वामीटक्सार पुग्ने र त्यहाँ गएर जनसभा गर्ने जानकारी दिइएको छ ।

आज बिहान रुकुमकोटस्थित होटेल लेक सिटीमा सर्वदलीय सर्वपक्षीय अन्तरक्रिया गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ। यसपछि छिपृदहस्थित पिपल बोटमा कोणसभा गर्ने र बिहान १० बजे भूमे गाउँपालिकाको लुकुममा स्वागत तथा भेटघाट कार्यक्रम समेत रहेको रुकुम पूर्व एमालेले जनाएको छ। रुकुम पूर्वको माओवादीको पकड क्षेत्र मानिन्छ।

अध्यक्ष ओलीले बिहानको सुन्दर तस्बिरसहित बिहानी सन्देश फेसबुकमार्फत दिएका हुन।

प्रकाशित: २० मंसिर २०८० ०२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App