१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

आगामी चुनाव एक्लै लड्नु पर्छ, तयारी सुरु गर्नुस्: नेता कोइराला

नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले कांग्रेसलाइ बलियो बनाउन समयमै महाधिवेशन गर्नु पर्ने बताएका छन्।

कांग्रेसको प्रथम लुम्बिनी प्रदेश सम्मेलनको उद्घाटन समारोहलाई आज बुटवलमा सम्बोधन गर्दै वरिष्ठ नेता कोइरालाले २०८२ मंसिर भित्र पार्टीको महाधिवेशन गर्नु पर्ने बताएका हुन।

पार्टीको महाधिवेशन समयमै गर्न सके पार्टी बलियो हुने र आम निर्वाचनमा कांग्रेस एक्लै लडेर जित्न सक्ने उनले बताए।

त्यसकालागि वडा, गाउँ, नगर, क्षेत्र देखिनै पार्टीलाइ एक ढिक्का र बलियो बनाउनु पर्नेमा उनले जोड दिए। पार्टी एक ढिक्का भयो भने निर्वाचन जित्न कसैको सहारा लिन नपर्ने उनले बताए।

८४ को निर्वाचनमा वडा, गाउँ, नगर देखि प्रदेश र संघ सम्मै एक्लै प्रतिस्पर्धामा उत्रने भन्दै त्यसको तयारीमा लाग्न उनले नेता कार्यकर्तालाई आग्रह पनि गरे।

‘अबको चुनावमा वडा देखि संघसम्मै कांग्रेस एक्लै चुनाव लड्नु पर्छ, म सम्पूर्ण नेता कार्यकर्ताहरुलाइ आग्रह गर्छु तपाइहरूँ आजैदेखि त्यसको तयारी सुरु गर्नुस्’ वरिष्ठ नेता कोइरालाले भने।

देशमा भ्रष्टाचार दण्डहीनताले मौलाउँदै गएको भन्दै उनले त्यसलाई निर्मूल पार्न नसकेसम्म मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताए। केही उद्योगी, व्यवसायी कर्मचारी र राजनीतिज्ञको मिलेमतोमा भ्रष्टाचार भइरहेको भन्दै नेता कोइरालाले त्यसलाई रोक्न नेपाली कांग्रेसले विशेष पहल गर्नु पर्ने बताए।

त्यस्तै बैंकहरुमा केही सीमित समूह हाबी हुँदा मनोमानी बढेको उनको तर्क छ।

प्रकाशित: १६ मंसिर २०८० १४:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App