५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

यो देशमा केही गर्दा पनि नहुने: उपसभामुख राना

फाइल तस्बिर

उपसभामुख इन्दिरा रानाले नेपालमा ठुला महल बनाउन दिनु नहुने बताएकी छिन्।हरेक मानिसले घर बनाउँदै जाँदा नेपालमा खालि जमिन खेतीका लागि बाँकी नरहने हुँदा अब ठुला महल बनाउने कार्य रोक्नुपर्ने बताएकी हुन। 

उनले आज शुक्रवार विश्व शौचालय दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दुई/तीन जनाका लागि हरेक मानिसले घर बनाउँदै जाने हो भने भविष्यमा नेपाललाई खानका लागि खाद्यान्न अपुग हुने बताइन।उनले राम्रो काम गर्दा असहयोग गर्ने परिपाटीका कारण  नेपालमा जे गरेपनि नहुने अवस्था देखिँदै गएको बताइन।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मेयर बने लगत्तै काठमाडौंका शौचालय व्यवस्थापनका लागि गरेको पहलमा होटल व्यवसायीहरूले नै असहयोग गरेकोप्रति दुःख व्यक्त गरिन।यस वर्षको विश्व शौचालय दिवसको नारा ‘परिवर्तनको गति बढाउँदै’ भन्ने रहेको छ । यस वर्ष  पनि संयुक्त राष्ट्र सङ्घको आह्वानमा १९ नोभेम्बरमा विश्वभर शौचालय दिवस मनाइँदै छ।

 संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयन गरिरहेको छ।दिगो विकास लक्ष्यको छैठौँ लक्ष्यमा स्वच्छ खानेपानी र सर सफाइको विषय समावेश छ ।तर सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पुर्‍याउने र पूर्ण रूपमा सरसफाइको अवस्थामा पुर्‍याउनमा प्रगति भने सुस्त गतिमा छ । राष्ट्र सङ्घका अनुसार विश्वका साढे ३ अर्ब मानिस अझै पनि शौचालयको सुविधाबाट वञ्चित छन्।

प्रकाशित: १ मंसिर २०८० ०६:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App