१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

रेशम चौधरीको मुद्दामा आजका लागि तोकिएको सुनुवाइ स्थगित

सरकारबाट कैद माफी पाएका रेशम चौधरीको मुद्दामा आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ। सर्वोच्च अदालतमा गोला थुतेर इजलास तोकिन्छ। सोही प्रक्रियाअनुसार रेशम चौधरी विरूद्धको मुद्दा स्थगितमा परेको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले बताए।

चौधरीलाई कैद माफी दिने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा यसअघि सर्वोच्च अदालतले कारण माग्ने आदेश गरेको थियो। गत जेठ २४ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सरकारलाई के कारणले माफी दिइएको हो भन्ने जवाफ माग्दै आदेश गरेको थियो।

रिट निवेदनलाई प्राथमिकतामा राख्दै सर्वोच्च अदालतले अग्राधिकार दिने निर्णय गरे पनि मुद्दाको सुनुवाइ हुन सकेको थिएन। गणतन्त्र दिवसमा कैद माफी मिनाहा भएर छुटेका चौधरीलाई टीकापुर घटनामा अदालतले जन्मकैद सजाय ठह¥याएको थियो। २०७४ सालदेखि जेल सजाय भोगिरहेका चौधरीले सरकारले गरेको सजाय माफी मिनाहाको निर्णय राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेपछि जेलबाट छुटेका थिए।  

सरकारले दिएको सजाय माफीको निर्णयविरुद्ध घटनामा पीडित परिवारले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । जेठ १५ मा सरकारले चौधरीलाई सजायमा आम माफी दिने निर्णय गरेको भन्दै टीकापुर घटनाका पीडित शारदा कडायत बोहोरालगायतले रिट निवेदन दर्ता गरेकी थिइन्।  कडायत टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी हुन्। 

प्रकाशित: २३ कार्तिक २०८० ०५:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App